२२ माघ,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा प्रचण्ड-माधव नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले, प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरङ्कुश शासक को संज्ञा दिएका छन् ।
बिहिबार, नेकपाको प्रचण्ड – माधव नेपाल समूहले आह्वान गरेको आमहड्ताल कार्यक्रम अनुगमन गर्न सडकमा निस्किएका नेता नेपालले ओलीलाई निरङ्कुश शासक को संज्ञा दिँदै ओलीकै चरित्रको कारण आम हड्ताल गर्न बाध्य भएको बताएका हुन् ।
उनले केपी ओली नेतृत्वको काम चलाउ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेकाले बाध्य भएर सडकमा आएको बताए । साथै, नेता नेपालले प्रधानमन्त्री ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि नरहेको समेत बताए ।सभामुखले संवैधानिक नियुक्ति फिर्ता गर्दा पनि ओलीले असंवैधानिक रूपमा नियुक्त गरेको नेपालले बताए ।
‘काम चलाउ सरकारका प्रधानमन्त्रीले संविधान मिचे, अधिनायकवादी चरित्रमा अघि बढिरहेका छन्, ओली भनेका निरङ्कुश शासक हुन्, पार्टीभित्र र सरकार सञ्चालनको क्रममा पनि भागेका हौँ,’ उनले भने, ‘ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि छैनन्, संवैधानिक परिषद्मा नियुक्ति प्रकृया नै गलत छ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar