माघ११ ,काठमाडौं – प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले शेर्पा भेषमा विवाह गरेका छन् ।
आईतबार, मुख्यमन्त्री राईले ५० वर्षको उमेरमा काठमाडौंमा विवाह गरेका हुन् । मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरु केही समययता प्रेम सम्बन्धमा थिए । राई आइतबार काठमाडौंको गैह्रीधारास्थित एक पार्टी प्यालेसमा बैवाहिक बन्धनमा बाँधिएका हुन् ।
विवाहमा बेहुला र बेहुली पक्ष गरी करिब ४० जनाको सहभागिता रहेको छ । विवाहमा राष्ट्रपति र प्रधानमन्त्रीसमेत सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री निकट सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar