२ माघ,काठमाडौं – नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ ।
पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको बैठकका एक सहभागीले बताए ।
बैठकले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
संसद् विघटनपछि प्रचण्ड–माधव समूहले अध्यक्षबाट ओलीलाई अध्यक्ष पदबाट पुस ७ मै हटाएको थियो । यद्यपि उनी केन्द्रिय सदस्य कायम थिए । तर, ओलीलाई साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
बैठकले माघ १६ गते बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । शहीद दिवसको अवसर पारेर जनप्रदर्शन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।
बैठकले प्रदेश–१ को अध्यक्षको जिम्मेवारी घनेन्द्र बस्नेतलाई दिएको छ । यस्तै, प्रदेश सहइन्चार्जको जिम्मेवारी जयन्ती राई, राजेन्द्र राई, पदम राई, पेशल खतिवडा र जगनाथ खतिवडालाई दिने निर्णय समेत गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar