आयोजनाको सम्पुर्ण रकम उपभोक्ता समिती अध्यक्षद्धारा ब्यक्तिगत काममा प्रयोग
२८ पुष,सिमकोट – हुम्लाको सिमकोट गाँउपालिकामा खानेपानी आयोजना निर्माणमा रकम दुरुपयोग भएको पाईएको छ ।
हुम्लाको सिमकोट गाउँपालिका – ८ स्थित स्याडामा खानेपानी आयोजना निर्माणका लागि विनियोजन भएको रकममा चरम दुरुपयोग भएको स्थानियले गुनाशो गरेका हुन् । स्थानियका अनुसार खानेपानी उपभोक्ता समितिका अध्यक्षले आयोजनाका काम सकिएको पाँच महिना बितिसक्दा पनि कामदारहरुले ज्याला नै नपाएको गुनाशो गर्न थालेपछि यस्तो खुलाशा भएको हो ।
आयोजनाका काम सकिएको पाँच महिना बित्दा पनि आफूहरूले ज्याला नपाएको कामदारहरुले गुनासो गर्ने गरेका छन् । सिमकोट गाउँपालिका – ८ स्थित स्याडामा खानेपानी आयोजना निर्माणका लागि विनियोजित् रकम उपभोक्ता समितिका अध्यक्षले आफ्नो व्यक्तिगत काममा खर्च गरेको देखिएको एक मजदुरले बताए ।
०७७ साउनदेखि होपा खानेपानीको काम सुरुआत गरेको पाँच महिना बितिसक्दा पनि कामदारलाई ज्याला नदिएको स्थानीय कामदारको गुनासो छ । समितिका अध्यक्षले स्याडा गाउँका सय कामदारलाई ज्याला दिएको र अन्यलाई हालसम्म नदिएको स्याडा गाउँका स्थानीयवासी लक्ष्य बुढाले गुनासो गरे ।
गत साउनदेखि काम सुरु गरी भदौमा काम सम्पन्न भएको तर मजदुरी गरेको ज्याला नदिएको बुढाले बताए । स्थानीयवासी बुढाका अनुसार कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खानेपानीका लागि ६५ लाख छुट्याएको थियो ।
उक्त रकम मार्फत गाउँमा ११ वटा खाने पानीका नयाँ धारा बनाउने भनियो तर खाने पानी उपभोक्ता समितिको लापरवाहीका कारण जम्मा नौ वटा धारा मात्रै निर्माण गरिएको छ । गाउँमा नौ वटा धारा निर्माण गरिएको नाम मात्रै भयो, धारा बनाइयो, तर पानी हालसम्म पनि झरेन यो समस्या जस्ताको तस्तै छ ।
उनले भने, ‘खानेपानीको काम गरेमा पैसा पनि पाइने, पानीको पनि सुविधा हुने भन्ने आशैआशमा काम गरियो । न पानी पिउन पाइयो न त ज्याला नै पाइयो ।’ बुढाको जस्तै यहाँका स्थानीयवासीको गुनासो पनि उस्तै छ । उनीहरूका अनुसार धारामा पानी नझरेपछि पुरानै समस्या झेल्नुपर्ने बाध्यता छ ।
उता उपभोक्ता समितिका अध्यक्ष बुढालाई कामदारले ज्याला नपाएको विषयमा बुझ्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar