पौष २१, काठमाडौं । विभाजित सत्तारुढ दल नेकपा प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियूले संसद विघटनविरुद्ध दोस्रो चरणको (पुस २१ गतेदेखि २९) गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । उनीहरूको कार्यक्रममा ओली पक्षका मन्त्रीहरूलाई कालो झन्डा देखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरिने बताइएको छ ।
अनेरास्ववियूले उपत्यकामा लालटिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लालटिन वा सिटी वा लाठी जुलुस निकालेर बृहत् प्रदर्शन गर्ने बताएको छ ।त्यस्तै, पुस २३ गते देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने , २४ गते सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउँदै धर्ना दिने, २५ गते सडक बहस कार्यक्रम गर्ने, २६ गते बयल गाडा प्रदर्शन गर्ने र २७ गते विघटनको विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम प्रस्तुत गर्न भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar