पौष २१, काठमाडौं । आगामी माघ २ गतेदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशनमा ल्याउने भएको हो । योे बैंकको हालसम्मकै ठूलो आईपीओ निष्काशन हो । बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
बैंकले अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ । इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar