१९ पौष ,काठमाडौं-राष्ट्रपति कार्यालयले आज संसद विघटन गर्नु परेको कारण पेश गर्ने तयारी गरेको छ ।सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विघटनको कारण देखाउ आदेश जारी गरेपछि राष्ट्रपति कार्यालयलेलिखित जवाफ आज बुझाउन लागेको हो । अदालतले आजसम्म जवाफ पेश गर्न समय दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने जिकिर गर्दै सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका थिए । गत पुस १० गते संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेसी पुस २२ गतेका लागि तोकेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar