१६ पुष,काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आरोपित उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् ।
ललिता निवास प्रकरणका प्रमुख अभियुक्त ठहरिएका डा.शोभाकान्त ढकालकी पत्नी उमाकुमारी ढकाल्नी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी थिइन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने ढकाल्नीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो ।
राष्ट्रसेवक कर्मचारीरपदाधिकारीहरूलाई अनुचित प्रभावमा पारी ललितानिवास क्याम्पाभित्रको सरकारी, सार्वजनिक जग्गा गैह्रकानुनी रुपमा आफू समेतको नाममा सट्टाभर्ना गरी-गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पुर्याएकाले ढकाल्नीलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको हो ।
ढकाल्नी नाताले ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा.शोभाकान्त ढकालकी पत्नी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा. ढकालसँग अख्तियारले ३९ करोड भन्दा बढी बिगो मागदाबी समेत गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar