१६ पौष,काठमाण्डौ – पहिलो संविधानसभा निर्वाचनमा भूमिगतशैलीमा चुनाव जितेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
बि.सं.२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका बाहुबली नेता बबन सिंह विहीबार केपी ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् । सिंह केही समय गौरकाण्डमा भूमिगत भएका थिए । उनले चुनावमा पनि भूमिगत प्रचार गरेका थिए ।
फरार अभियुक्तका रुपमा रहेका सिंहले हिन्दी फिल्म लोफरमा अनिल कपुरले चुनाव जितेको शैलीमा ‘तपाईको एक मतले मेरो जीवन बच्नसक्छ’ भन्दै भोट मागेका थिए । रौतटहको गरुडामा आयोजित कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु साहले उनलाई पार्टी प्रवेश गराएका हुन् ।
त्यस्तै उनी पछिल्लो समय जनता समाजवादी पार्टीमा थिए । प्रभु साह ओली पक्षमा लागेसँगै प्रदेश २ का ६ जना पूर्व माओवादी सांसद पनि ओली नेकपामा लागेका छन् । साहले साविक नेकपाका १२ जना केन्द्रीय सदस्यलाई अोली पक्षमा हस्ताक्षर समेत गराएको बताइएको छ ।
गौरकाण्डमा भूमिगत भएका सिंहलाई पार्टी प्रवेश गराएसँगै ओली नेतृत्वको नेकपाको छविमा धुमिल आउनसक्ने जानकारहरूले बताउन थालेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar