१४ पौष, काठमाडौं – नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संविधान, गणतन्त्रमाथि नै संकट आएकाले सडकमा उत्रनु परेको बताएकी छन् । बाग्मति प्रदेशको मूख्यमन्त्रीमा नाम प्रस्ताव भएकी शाक्यले विरोधसभामालाई संबोधन गर्दै गणतन्त्रमाथि नै संकट आएकाले संसद विघटनविरुद्ध प्रदर्शनमा उत्रीएको बताएकी छन् ।
शाक्यले कूप्रचारमा अल्मलिइकन संकल्पका साथ संघर्षमा अगाडि बढ्न आग्रह गरिन् । राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा प्रधानमन्त्री केपी शर्मा ओली असफल हुने बताएकी छन् । प्रदर्शनीमार्गमा जारी विरोधसभामा बोल्दै शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन् ।
‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेको छ । गणतन्त्रमाथि धावा बोलेको छ । संविधानमाथि कू गरेको छ’, उनले भनेकी छन् । संसद पुनर्स्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने शाक्यले बताइन् ।
गणतन्त्रको प्रधानमन्त्री बनाइए पनि ओली निरङ्कुश शासक बनेको उनले आरोप लगाइन् । उनले निरङ्कुश ओलीविरुद्ध लड्नुपर्ने उनले बताइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar