१३ पुष, काठमाडौं – मन्त्री खान ओली समुहमा गएका दावा लामालाई पार्टीले कारवाही गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक प्रचण्ड–नेपाल पक्षले नवनियुक्त यूवा तथा खेलकुदमन्त्री दावा लामालाई कारवाही गरेको जनाएको छ । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले प्रेस वक्तव्य मार्फत् नेकपा सिन्धुपाल्चोक जिल्ला सचिवसमेत रहेका मन्त्री लामालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद् मा गएको भन्दै कारवाही गरेको जनाएको छ ।
मन्त्री लामाका जुनसुकै कार्यक्रम बहिस्कार गर्नसमेत जिल्ला नेकपाले निर्देशन गरेको छ। जिल्ला कमिटीले वक्तव्यमा असंवैधानिक कदम स्विकार गरी पार्टी आन्दोलन र जनताप्रति धोका दिएको आरोप लामामाथि लगाइएको छ । ‘असंवैधानिक सरकारको कथित मन्त्री पद स्विकार गरी आन्दोलन, पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा लामा प्रतिगामी कित्तामा पुग्नु भएको छ ।
त्यसैले नेपाल कम्युनिष्ट पार्टी नेकपाबीचमा रहेको सम्पूर्ण सम्बन्धहरुलाई स्वतभंग गर्नुभएको छ।’ विज्ञप्तिमा लेखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar