१३ पुष,काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरङविरुद्व पनि प्रचण्ड माधव समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारीमा जुटेको छ ।
दाहाल–नेपालले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षी दलहरूसँग छलफल गरेरहेको बुझिएको छ । गण्डकी प्रदेशमा प्रचण्ड माधव पक्षले मात्रै अविश्वासको प्रस्ताव ल्याउन असम्भव रहेको छ । त्यसका लागि समूहले प्रतिपक्षको सहयोगका लागि कांग्रेससंग छलफलमा जुटेको हो ।
गण्डकीमा ओली समूहका २७, दाहाल – नेपालका १३, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ गरी ६० सांसद छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar