१० पुष,काठमाडौ – सरकारले असंवैधानिक रुपले संसद विघटन गरेको भन्दै सर्वोच्च अदालतमा परेका रिट निवेदनको शुक्रबार सुनुवाई हुँदैछ ।
प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदन सर्वोच्चमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको सम्वैधानिक इजलासले शुक्रबार सुनुवाइ गर्ने छ।
एउटा निवेदन दर्ता भएर रहेको छ भने अरु १२ वटा सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ न्यायाधीश छन्। यीमध्ये प्रधानन्यायाधीश राणासहितका पाँचजना न्यायाधीशको इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनको सुनुवाइ गर्ने छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar