८ पुष, काठमाडौं- केन्द्र सरकारको लडाईँले बाग्मती प्रदेश सरकारको कुर्सी पनि ढलमलमा पुगेको छ । केन्द्र सरकारमा अल्पमतमा केपी शर्मा ओली परेपछि बाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडल पनि अल्पमतमा परेका छन् । पौडले ओली निकट मानिन्छन् ।
बागमतीमा ११० जना प्रदेशसभा सदस्य रहेका छन् । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ ।
केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । प्रदेशमा पनि पौडेल अल्पमतमा परेपछि पौडेलले संसद बैठक बोलाउन पनि सकेका छैनन् । पौडेलले संसद बैठक बोलाउने हो भने उनिविरुद्व पनि अविश्वासको प्रस्ताव आउन सक्ने देखिन्छ ।
पौडेललाई संसदमा अन्य दलहरुले पनि सहयोग गर्ने अवस्था अहिलेसम्म नदेखिएकाले पौडेलको कुर्सी पनि ढलमलको अवस्थामा रहेको अनुमान गर्न सकिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar