७ पुष,काठमाण्डौ- नेपाल कम्युनिष्ट पार्टी नेकपा को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबार दिउँसो केन्द्रीय समिति बैठक बोलाएको छ ।
यता, अर्का प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो पक्षको छुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् । ओली पक्षले मंगलबारको बैठकमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको बुझिएको छ । यता, प्रचण्ड–नेपाल पक्षले भने बैठकबाट ओलीलाई कारबाही गर्ने तयारी गरेको छ ।
नेकपा स्रोतकाअनुसार बैठकले ओलीलाई पार्टी विरोधी गतिविधी गरेको भन्दै पार्टीको साधारुण सदस्यसमेत नरहने गरि कारबाहीको तयारी गरिएको छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि गरिरहेको बताइएको छ ।
ओलीलाई कारबाही गरेपछि पार्टीमा रिक्त रहने एक अध्यक्ष पदमा नेपाललाई राखिने तयारी भएको हो । प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक बस्नुअघि स्थायी कमिटिले ओलीलाई कारबाहीका लागि प्रस्ताव तयार गरिने छ । दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकले प्रस्तावलाई अनुमोदन गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar