५ पुष,काठमाडौं – संसद् विघटन विरुद्ध कांग्रेसले देशव्यापी आन्दोलन गर्ने भएको छ ।
आज आइतबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।
आजको पदाधिकारी बैठकले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक निर्णयविरुद्ध सडकमा जाने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार आन्दोलनको स्वरुप भने मंगलबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले तय गर्नेछ । त्यस्तै बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सरकारले गरेको सिफारिसप्रति पनि असन्तुष्टि जनाएको छ ।
नेता पौडेलले भने अपारदर्शी र संसदीय प्रक्रियाविपरीत संवैधानिक निकायमा गरिएको नियुक्ति सिफारिस कांग्रेसले नमान्ने बताए । उनले संसद्बाट अनुमोदन नभएसम्म राष्ट्रपतिबाट शपथ खुवाउन नमिल्ने भएकाले सिफारिस भएकाहरुलाई पदमा नबस्न आग्रह गर्ने बताए ।
त्यस्तै आगामी मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक समेत बस्ने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar