३० मंसिर,काठमाडौं – अन्नपूर्ण सुगर मिलले किसानको नाममा विचौलियाले उद्योगसँग ४ करोड रकम लगिसकेको आरोप लगायको छ ।
हिजो मंगलबार अन्नपूर्ण सुगर मिलले एक प्रेस विज्ञप्ति जारी गर्दै किसानको नाममा आन्दोलन चर्काउने विचौलियाले उद्योगसँग पटक पटक गरी बार्गेनिङ गरेर झण्डै ४ करोड रुपैयाँ बराबरको रकम लगेको आरोप लगाएको हो ।
त्यस्तै मिलले उखु किसान आन्दोलनको नेतृत्व गरिरहेको तर आफूलाई कृषक भन्ने संघर्ष समितिको सचिव हरिश्याम राय वास्तविक किसान नभएर विचौलिया भएको समेत आरोप लगाएको छ । उनले उद्योगसँग वार्गेनिङ गर्दै पटकपटक गरी कुल ३ करोड ३३ लाख ९२ हजार ८ सय ९९ रुपैयाँ लगेको समेत जनाएको छ ।
राजधानीमा उखु किसान आन्दोलनको चर्किरहेका बेला सर्लाहीको अन्नपूर्ण सुगर मिलले माइतीघर मण्डलामा आन्दोलित भएकाहरु वास्तविक किसान नभएको दावी गरेको छ । पीडित उखु किसान संघर्ष समितिको नाममा बिचौलियाँको घुसपैठ भएको र किसानको नाममा उद्योगसँग मोलमोलाई गर्ने स्वार्थ समूहको हाबी भएको मिलले दावी गरेको छ ।
मंसिर पुसको जाडोमा यदि साँचै पीडित किसानहरु आन्दोलनमा सहभागी छन् भने आफूहरु चिन्तित र दुःखी रहेको तथा उनीहरुको समस्या समाधान गर्न तयार रहेको मिलले भनेको छ । त्यस्तै कोभिड–१९ को संक्रमणकालिन अवस्था त्यसमाथि पनि उद्योगको निरन्तरको घाटाको व्यापारमा समेत उद्योगले किसानहरुको भुक्तानी नरोकेको बेला अनावश्यक बार्गेनिङ गरेर बिचौलियाले किसान उचाल्ने काम गरेको मिलको आरोप छ ।
रायले पैसाका लागि उद्योगसँग बारम्बार बार्गेनिङ गर्ने गरेको र पैसा नदिए किसान उचालेर आन्दोलन चर्काउछु भनेर आफूहरुलाई धम्की दिने गरेको समेत उद्योगले बताएको छ ।
त्यसो त विचौलियाँ रायले भुक्तानी नपाएका किसानसँग उखुका पर्ची सस्तोमा किनेर उद्योगलाई महँगोमा बेचेर करोडौं कुम्याउने गरेको समेत उद्योगले आरोप लगाएको छ । ‘आन्दोलनको नेतृत्व गरिरहेका आफूलाई कृषक आन्दोलनका सचिव बताउने हरिश्याम राय बिचौलियाँ हुन् र यो आन्दोलनको नाममा उनले हामीसँग मोलमोलाई गरिरहेको जानकारी गराउँन चाहान्छौं ।’
अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनको स्वार्थअनुसार हामीले पैसा दिन नसकेपछि उनी आन्दोलन गर्न भन्दै काठमाडौं आउँछन् र पुनः मोलमोलाई सुरु गर्छन् । यसमा अरु व्यक्ति पनि संलग्न रहेको हुनसक्ने हाम्रो बुझाइ छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
रायले पटक पटक गरी सन् २०१९ को मे महिनाको २ तारिखदेखि सन् २०२० को मार्च ३ सम्ममा ३२ पटक गरी उद्योगसँग कुल ३ करोड ३३ लाख ९२ हजार ८९९ रुपैयाँ भूक्तानी लगेको उद्योगले बताएको छ ।
उद्योगले पैसा पठाएको बैंक खाता र भूक्तानी विवरण (स्टेट्मेन्ट) समेत सार्वजनिक गरेको छ । आवश्यक परे रायले भुक्तानी लिएको भिडियो प्रमाण समेत पेस गर्न सक्ने मिलले जनाएको छ ।
यता उखु किसानको भूक्तानीको सवालमा भने उद्योगले आफ्नो किसानसँग हालसम्म बाँकी रहेको ४० करोड बक्यौतामा १८ करोड भूक्तानी गरिसकेको र अब करिब २२ करोड जति मात्र बाँकी रहेको जनाएको छ ।
https://drive.google.com/file/d/1bg1lNF3ei3pV9LxKvRhSJbs6–W2OJUp/view
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar