२९ मंसिर,काठमाडौं – जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली नेतृत्वको सरकारको निरंकुशताविरुद्ध सडकमा उत्रिएको भन्दै काँग्रेसलाई बधाई दिएका छन् ।
आज दिउँसो सामाजिक सञ्जालमार्फत डा.भट्टराईले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएको भन्दै नेपाली काँग्रेसलाई बधाई दिएका हुन् । उनले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिँदै लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने समेत बताएका छन् ।
त्यस्तै कोरोनाभाइरस संक्रमणलाई कारण देखाएर स्थगित सदन बोलाउन पहल गर्नुपर्ने समेत भट्टराईको माग छ । त्यस्तै आफ्नो पार्टी पनि छिट्टै एकता समायाजनको काम सकर सडक र सदनमा गर्जने भट्टराईले बताए । ‘ओली सरकारको निरंकुशता र कुशासनविरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाई ! भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ,’ भट्टराईले भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडक÷सदनमा गर्जन्छ ।’ उनले लेखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar