२९ मंसिर,काठमाडौं – नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ ।
नेपाल चलचित्र संघले आज सोमवार एक बिज्ञप्ती जारी गर्दै आगामी पुस १० गतेदेखि फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको जनाएको हो । चलचित्र घर खुलाउनका लागी सरकारले कुनै पनि चासो नदिएको भन्दै बाध्य भएर यस्तो निर्णय गर्नुपरेको संघका अध्यक्ष मधुसुदन प्रधानले बताए ।
त्यस्तै विज्ञप्तिमा विश्व स्वास्थ्य संगठनले तय गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ फिल्म हल सञ्चालन गर्ने उल्लेख गरेको छ । त्यस्तै संघले विभिन्न ९ बुँदे माग राख्दै चरणबद्ध आन्दोलन गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै कोरोना महामारीका कारण सरकारले फिल्म हल सञ्चलनमा रोक लगाएको थियो भने यसअघि नै विभिन्न क्षेत्र खुला गरिएपनि संक्रमणको जोखिमका कारण फिल्म हल खुलाउने निर्णय गरेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar