२९ मंसिर,काठमाडौं – नेपाली सेनाले विप्लव समूहको नेकपा हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ ।
गत अघिल्लो साता मोरङमा विप्लव समूहद्धारा एक शिक्षकको हत्यापछि सेनालाई निगरानी बढाउन प्रधानसेनापति थापाले सैनिकहरुलाई निर्देशन दिएको जंगीअड्डा स्रोत बताएको छ ।
सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका छन् । त्यस्तै गत कात्तिक पहिलो साता भएको सेनाको पृतनापति सम्मेलनले पनि विप्लव समूहलाई राष्ट्रिय सुरक्षाको मुख्य चुनौतिका रुपमा विश्लेषण गर्दै गतिविधि बढाउनसक्ने भनेको थियो ।
‘गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहको सम्भावित गतिविधिसँग जानकार रहनू’, थापाले भनेका छन्, ‘सबै परिस्थितिहरुमा स्थानीय तथा प्रदेश सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपालको संविधान एवं प्रचलित ऐन, नियम अनुसार सबै प्रकारको सहयोग गर्न सक्ने गरी तयारी अवस्थामा रहनू ।’ व्यक्ति हत्या, जनसरकार घोषणा, विष्फोटन जस्ता गतिविधिलाई बढाउन थालेपछि समूहले हिंसा र आतंक र्सिजनालाई बढाउन खोजेको देखिएकाले त्यस्ता गतिविधिलाई निस्तेज पार्न सुक्ष्म निगरानी थाल्न प्रधानसेनापति थापाले निर्देशन समेत दिएका छन् ।
स्रोतका अनुसार सम्बोधनका क्रममा थापाले असन्तुष्ट समूह आपराधिक क्रियाकलापमा संलग्न भएर समाजमा हिंसा र आतंक सिर्जना गर्दै जानसक्ने अवस्थाप्रति पनि सजग रहन भनेका छन् ।
साथै, उनले स्थानीय स्तरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसमेतसँग समन्वय गरी शान्ति, सुरक्षा र स्थिरता कायम राख्न तयारी हालतमा रहन पनि भनेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar