२९ मंसिर, काठमाडौं – सरकारले आन्दोलनरत् उखु किसानको रकम भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ ।
सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई आज दिउँसो दुई बजे वार्तामा बोलाएको हो ।
किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिए ।
उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीसंगको छलफलमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।
कुनै पनि हालतमा किसानको बक्यौता तिर्न उद्योगीलाई आग्रह गर्नु वार्ताको उद्देश्य भएको सहसचिव रेग्मीले बताए ।
त्यस्तै मन्त्रालयले उक्त बार्तामा आन्दोलनरत किसानहरुलाई पनि बोलाएको थियो । तर उनीहरुले आफूहरुको बक्यौता रकम लिएर माइतीघरमा मन्त्री नै आउनुपर्ने भन्दै जवाफ फर्काएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar