२९ मंसिर,काठमाडौं – काठमाडौंको चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका – २ स्थित मसिने भीरमा ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सिन्धुली घर भएका तामाङ मरिण कन्ट्रक्सनमा लेखा शाखामा कार्यरत् अन्दाजी २४ वर्षका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको छ । यद्धपी हालसम्म चालकको पहिचानन समेत खुलेको छैन ।
उनीहरुले सडकसम्बन्धी काम गर्ने गरेको प्रहरीले जनाएको छ । सडकबाट ट्रक र मृतकहरुको शव नदेखिएको र भीरमा कोही पनि जानसक्ने अवस्था नरहेकाले डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar