२८ मंसिर,काठमाडौं – सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरी प्रतिवादी भएको एक विवादास्पद फैसलाबारे न्याय परिषदमा उजुरी परेको छ ।
पीडित महिला सहितको पीडित पक्ष गत मंसिर २४ गते नै उजुरीका लागि न्याय परिषद पुगेपनि आज आइतबार दिउँसोमात्र प्रक्रिया पुर्याएर उजुरी दर्ता गराएको न्याय परिषद श्रोतले जनाएको छ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सिद्धबाबाका पक्षमा सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुन कोइरालाले फैसला गरेपछि उनी विवादमा तानिएका थिए ।
सिद्धबाबा कृष्णदास भनिने गिरीमाथि अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । गत मंसिर २२ गते न्यायाधीश कोइरालाको इजलासले उनीमाथि लागेको अभियोग दाबी नठहर्ने भन्दै सफाई दिएका थिए ।
गिरीमाथि अनुयायी महिलालाई २०७६ कात्तिक ४ गते आफ्नै आश्रममा बलात्कार गरेको आरोप लागेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar