२८ मंसिर,मोरङ – पूर्व मन्त्री तथा सांसद गोकुल बाँस्कोटाले लेनदेनको विवाद बाहिर आइसकेकाले नेकपाका प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् ।
आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा बाँस्कोटाले, प्रधानमन्त्रीलाई राष्ट्रघातिको प्रमाण पत्र दिनेहरु आर्थिक विवादमा तानिसकेपछि राजिनामा दिनुपर्ने बताएका हुन् । अहिले पार्टीमा चलिरहेको अन्तरबिरोध पदलोलुपताको परिणाम भएको उनको भनाई थियो ।
‘कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बिरुद्ध आरोप पत्र ल्याएपछि त्यसको जवाफमा अर्को प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउन बाध्य
हुनु भयो,’ उनले भने, ‘स्थायी कमिटिले दुबै प्रतिवेदनको बारेमा छलफल गरेर अर्को नयाँ प्रतिवेदन ल्याउनु पर्ने हो ।’
स्थायी कमिटिले बहुमतको आडमा ओली बिरुद्ध जेसुकै निर्णय गरे पनि प्रधानमन्त्री र अध्यक्ष कुनै पदबाट राजिनामा गर्न नमिल्ने बाँस्कोटाको भनाई छ । ‘ओली ज्यू पार्टी अध्यक्ष महाधिवेशनबाट भएकाले महाधिवेशनमै गएर छाड्ने हो,’ उनले भने, ‘प्रधानमन्त्री संसदीय प्रक्रियाबाट हुनु भएकाले त्यही प्रक्रियाबाट प्रधानमन्त्री पद छाड्ने हो ।’
पर्टीले सरकार चलाउने नभई सरकारलाई देश र जनताका लागि मागदर्शण दिएर सघाउनु पर्नेमा प्रधानमन्त्रीबाट राजिनामा माग्नु संबैधानिक प्रक्रिया बिरुद्धको कार्य भएको उनले बताए । कुनै गुट बलियो भएकै आधारमा अध्यक्ष पदबाट राजिनामा दिने हो भने देश र राजनीति अस्थिरतातर्फ धकेलिने बाँस्कोटाको तर्क थियो ।
उनले नेत्रबिक्रम चन्द समूहले मोरङमा गरेको शिक्षक हत्याको घटनाको भत्सर्ना गरे । ‘चन्द समूहले सुरु गरेको मान्छे मार्ने कार्य र राजा आउ, देश बचाउको सडकमा लागिरहेको नाराको कुनै स्थायित्व छैन,’ उनले भने, ‘जसले जे गरे पनि कांग्रेस र कम्यूनिष्ट पार्टी नै रहने हो ।’
क्ति हत्या स्वीकार्य हुन सक्दैन भन्दै कम्युनिष्टका नाममा भएको व्यक्ति हत्याको भत्र्सना गरे । पार्टीको जिम्मेवार पदमा बसेका नेताका सम्बन्धमा उठेका नैतिकताका विषयमा हुने छानबिनका लागि पद त्याग गर्नु उचित हुने विचार पनि उनले राखे ।
संवैधानिक निकायका खाली पदमा हुने नियुक्ति सिफारिशका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दल सहभागी हुनुपर्नेमा जोड दिँदै उनले अन्यथा त्यस्ता निकाय कमजोर हुने र सरकारले बाध्य भई अध्यादेश ल्याउन सक्ने धारणा राखे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar