२७ मंसिर,काठमाडौं – काठमाडौंको दरबारमार्गमा एटिएम् बुथ तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
आज शनिबार दिउँसो दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा खोटाङ घर भइ कपन बस्ने ३० वर्षीय आनन्द तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar