२७ मंसिर,काठमाडौं – पछिल्लो २४ घण्टामा देशभरीमा ८९९ कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ३४ हजार २३१ जना रहेका छन् ।
त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ११ हजार ६७२ जना रहेका छन् भने मृतकको संख्या १,६८९ जना रहेका छन् । यस्तै हालसम्म १८ लाख २५ हजार ८६० जनाको पीसीआर परीक्षण भएको पनि मन्त्रालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar