२३ मंसिर,काठमाडौं – मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई घाँटी काटेर हत्या गरेको पाईएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको शव हात बाँधेको अवस्थामा भेटिएको प्रदेश-१ प्रहरी कार्यालयका डिआईजी ईश्वरबावु कार्कीले जानकारी दिए ।
शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिआईजी कार्कीले भने – ‘घटनास्थल टाढा भएकाले प्रहरी पुग्न समय लाग्यो, तर अहिलेपनी थप अनुसन्धान हुँदैछ ।’ स्थानीयले शुरुमा आवाज आएको सुनेको भनेर प्रहरीलाई खबर गरे । यद्धपी गोली चलेको पुष्टि हुन भने नसकेको डिआईजी कार्कीले बताए । शिक्षक श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले चन्दा मागेको प्रारम्भिक अनुमान रहेको प्रहरी स्रोतको दावी छ ।
प्रहरी उच्च स्रोतका अनुसार चन्दा नदिएपछि आज मंगलबार विहान ४-५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए । उक्त समूहले अहिलेसम्म घटनाको जिम्मा भने लिएको छैन् । पूर्व माओवादी समर्थक रहेका शिक्षक श्रेष्ठ सबैलाई सहयोग गर्ने स्वभावका थिए ।
सो क्षेत्रमा अरुलाई डर देखाउन विप्लव समूहले उनको ज्यान लिएको हुनसक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष समेत निकालेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar