२२ मंसिर काठमाडौं – साझा पार्टीले दुई वर्षअघि छुट्टिएको विवेकशील नेपाली दलसँग पुनः पार्टि एकीकरण गर्ने निर्णय गरेको छ।
आज सोमबार बसेको साझा पार्टीको केन्द्रीय समितिको बैठकले झण्डै दुई वर्षअघि छुट्टिएको विवेकशील नेपाली दलसँग पुनः एकीकरण गर्ने निर्णय गरेको हो ।
साझा पार्टीको आजको बैठकले, कोभिड-१९ ले सृजना गरेको प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै आगामी बुधबार दिउँसो साढे तीन बजे पार्टी एकीकरणको ‘अनलाइन’ घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले पार्टि एकीकरण घोषणापत्रलाई समेत पारित गरेको छ। त्यस्तै आजको बैठककले उक्त घोषणा कार्यक्रमलाई सबै लाई हेर्न र आआफ्नो सामाजिक सञ्जालमा शेयर गर्न समेत आग्ह गरेको छ ।
त्यस्तै पार्टी एकीकरण पश्चात पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुने समेत जानकारी दिएको छ । त्यस्तै एकीकरणको संयुक्त प्रस्तावको मूल मर्ममा असर नपर्ने र एकीकरणको लक्ष्यमा वाधा पनि नपुग्ने निष्कर्षका साथ साझा पार्टीले संयुक्त प्रतिवेदनमा वरियतामा पहिलो नम्बरमा राखिएकोलाई ‘अध्यक्ष’ र वरियतामा दोस्रो नम्बरमा राखिएकोलाई ‘संयोजक’ भन्ने गरी एकीकरणलाई अगाडि बढाउने निर्णय गरेको छ ।
उक्तनिर्णयबारे अझै पनि कतिपय साझालीहरूले चिन्ता व्यक्त गरेका छन्। तर हामीले बृहत् राजनीतिक लक्ष्यलाई केन्द्रमा राखेर सोच्यौँ। त्यसरी सोच्दा, एकीकरण र ध्रुवीकरणका यस्ता प्रयासहरूमा धेरै लचक हुनु पर्ने र सम्झौताहरू गर्नु पर्ने अवस्था सृजना हुन्छ, अन्यथा, लक्ष्यमा पुग्न सकिँदैन। हामीले जे निर्णय लियौँ र त्यसबारे नेतृत्वमा जति घनिभूत छलफल गर्यौँ, त्यसले हाम्रो बृहत्तर उद्देश्यमा सघाउ पुर्याउँछ भन्ने हाम्रो निष्कर्ष हो। साझा पार्टिका संयोजक रविन्द्र मिश्रले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar