२२ मंसिर,काठमाडौं – अभियन्ता तथा गायक रमेश प्रसाई आज सोमवार विवाह बन्धनमा बाँधिएका छन् ।
रमेश प्रसाईले नन्दा सिंहसँग नेपाली परम्पराअनुसार आज लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह सुनसरीको धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । त्यस्तै बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।
३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले आज विवाहमा परिणत गरेका हुन् । रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे । राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश अहिले चर्चामा पछि छन् ।
उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar