२२ मंसिर,वीरगञ्ज – कोरोना संक्रमणवाट वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ ।
आज सोमवार बिहान बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ औराह बस्ने ७१ वर्षीया धनकुमारी सुनुवारको मृत्यु भएको हो । गत मंसिर १४ गते दमको समस्या आएपछि उनलाई वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । बयोधामै स्वाब संकलन गरी मंसिर १६ गते पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई नेसनल मेडिकलले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा राखिएको थियो ।
उनको आज सोमबार बिहान पौने ६ बजे उपचारकै क्रममा मृत्यु भएको आइसोलेसनका चिकित्सकले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar