२१ मंसिर,काठमाडौं – गएराती डोटिमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नं.को महेन्द्रा जीप गएराति १ बजे डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको र केआइसिंह गाउँपालिका-४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।
त्यस्तै उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्त नगरपालिका-१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक समेत रहेका छन् ।
दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar