२० मंसिर,लहान – सिराहामा कोरोना संक्रमणवाट एक पुरुषको मृत्यु भएको छ ।
गएराति मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उनको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए ।
योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ जना पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar