नेकपा सचिवालय बैठकमा अध्यक्ष द्धयको प्रस्तावमाथि छलफल सुरु
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
४१२ पाठक संख्या
१६ मंसिर, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।
सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको बालुवाटार श्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुबै प्रस्तावमाथि छलफल प्रारम्भ सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि प्रश्नको वर्षा गर्दै छुट्टै प्रस्ताव ल्याए पछि त्यसको काउन्टरमा प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष केपी शर्मा ओलीले पनि गत मंसिर १३ गतेको बैठकमा प्रचण्डमाथि जवाफी प्रस्ताव ल्याएका थिए । अध्यक्ष द्धयले एकअर्कालाई आरोप प्रत्यारोप गर्दै ल्याएको प्रस्तावमाथि नै अहिले सचिवालय बैठकमा मा छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।