बालुवाटार प्रवेशमा रोक लगाएपछि सडकवाटै सचिवालय बैठकको रिपोर्टिङ गर्दै पत्रकार
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
८२३ पाठक संख्या
१६ मंसिर, काठमाडौं – सुरक्षालाई कारण देखाउँदै नेकपा सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई बालुवाटार प्रवेशमा रोक लगाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकको समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रहरीले सुरक्षाका कारण देखाउँदै बालुवाटार प्रवेशमा रोक लगाएको हो । समाचर संकलन गर्न बालुवाटारमा प्रवेश नदिइएपछि पत्रकारसमेत हरुले विरोध गरेका छन् ।
आफूहरुलाई बालुवाटारले अपमान गरेका भन्दै उनीहरुले अब सडकबाटै रिर्पोटिङ गर्ने भन्दै बालुवाटारको प्रेसविरोधी हर्कतको कडा विरोध गरेका हुन् । त्यस्तै उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित बालुवाटरको सचिवालय टिममाथी प्रेसमैत्री नरहेको भन्दै आरोप समेत लगाएका छन् ।