शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (३ साल अघि)
७५० पाठक संख्या
१६ मंसिर, बारा – फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् ।
उनिहरुले फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक सञ्जालमा राखिदिन्छु भन्दै विभिन्न डरत्रास देखाइ उक्त रकम माग गरेको आरोप छ । उनिहरुले पटक पटक दुख दिएको भन्दै जितपुर सिमरा उपमहानगरपालिकाकी एक महिलाले प्रहरीलाई सूचना दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका(६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।