शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १३, शनिबार (३ साल अघि)
६८७ पाठक संख्या
१३ मंसिर, बुटवल – बुटवलमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
रुपन्देहिको बुटवलको कोरोना विशेष अस्पतामा आज विहान थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो।
गत मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको र्मत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
त्यस्तै गत मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका अर्का पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको डा.गौतमले बताए । मृत्तक दुवै पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको समेत डा.गौतमले बताए ।
योसंगै बुटवलको कोरोना अस्पतालमा मात्र मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।