हस्त चौलागाँई
३ मंसिर,कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिका-७ पिलीका मिम बहादुर कार्कीले टर्की पालन व्यवसाय थालेका छन् ।
रोजगारीका लागि भारत र अन्य देशमा गएका धेरै नेपालीहरु कोरोना महामारी सुरु भएपछि फर्किए ।आफ्नै ठाउँमा केही गरुँला भन्दै नेपाल आएकाहरु फेरि विदेशिएका छन् भने कतिपय विदेशिने तरखरमा रहेका छन् ।
तर, मिमबहादुरले भने आफ्नै ठाउँमा सम्भावनाको खोजिमा जुटेका छन् । कार्कीले मासुका लागि टर्की पालन थालेका हुन् । उनको दैनिकी बिहान झिसमिसेबाटै सुरु हुन्छ र टर्कीको रेखदेखमै दिन बित्छ ।
घरपरिवारका अन्य सदस्यहरुले पनि उनलाई काममा सघाउँछन् । कार्कीको परिवारका सदस्यहरुले सानाले सानो काम र ठूलाले ठूलै काम गरेर टर्कीको रेखदेखमा ब्यस्त हुन्छन् । कार्कीसँग अहिले साना ठूला गरी १०९ वटा टर्की छन् ।
चल्ला हुर्काउन ६ महिना लाग्ने र यी टर्कीबाट यो अवधीमा ३ लाख रुपैयाँ कमाउन सकिने उनले बताए । उनले वार्षिक ७-८ लाख रुपैयाँसम्म टर्की पालन व्यवसायबाट आम्दानी गर्छन् ।
९ लाख रुपैयाँको लगानीमा टर्की पालन व्यवसाय सुरु गरेका कार्कीलाई कर्णाली प्रदेश सरकारको पाँच लाख सहयोग छ भने बाँकी आफैंले स्रोत जुटाएका हुन् ।
टर्कीको अण्डासमेत बेच्ने गरेका कार्कीले मासु प्रतिकिलो एक हजारका दरले बेच्छन् । मिमबहादुर कार्की पहिला स्वास्थ्यकर्मी भएर स्वास्थ्य संस्थामा काम गर्थे ।
स्वास्थ्य संस्थाको जागिरले परिवार पाल्न मुस्किल परेपछि उनले जागिर छोडेर व्यवसाय थालेका हुन् ।
अहिले भने कार्की नयाँ व्यवसायबाट कार्की सन्तुष्ट छन् । रोजगारका लागि विदेश जाने युवाहरुलाई आफ्नै देशमा केही गर्न कार्कीको सुझाव छ ।
अहिले केही गर्न चाहानेहरुलाई सरकारले समेत सघाउने भएकाले सजिलो रहेको कार्कीको अनुभव छ ।
आफूले जानेको सीप वा व्यवसाय बारेको अनुभव अरु युवालाई बाँड्न तयार रहेको कार्कीको भनाई छ । तर, आफ्नै देशमा केही गर्छु भन्ने सोंच व्यक्ति आफैंमा आउनु पर्ने उनको सुझाव छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar