३ मंसिर, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टि अध्यक्ष केपी ओलीले अनेक बहानामा समयमात्रै लिने र अलमल गर्ने गरेको आरोप लगाएका छन् ।
सचिवालय बैठकमा धारणा राख्दै नेता नेपालले, प्रधानमन्त्री समेत रहेका पार्टि अध्यक्ष ओलीले अनेक बहानामा समय कटाउने र अलमल गर्ने गरेको भन्दै अव त्यस्तो प्रवृत्ति नदोहोर्याउन चेतावनी दिएका हुन् ।
सचिवालय बैठकमा अध्यक्ष ओलीले आफू विरुद्ध अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ लिखित रुपमै ल्याउने र त्यसका लागि समय चाहिने बताएसंगै नेता नेपालले त्यस्तो जवाफ दिएको एक सचिवालय सदस्यले जानकारी दिए ।
नेपालले केन्द्र सरकारको गतिहिनताका कारण स्थानीय सरकार र प्रदेश सरकार समेत निस्प्रभावी बनेको भन्दै तीनै तहका सरकारको काम कारवाहीको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने समेत बताए ।
‘कसैले पनि गल्ती र कमजोरी नगरौँ, अहिलेसम्म भएका कमजोरीको सवैले स्वीकार गर्र्दै सच्चाउन तयार रहौं’, नेता नेपालले बैठकमा राखेको भनाइ उदृत गर्दै ती सदस्यले भने ।
नेपालले – ‘जनता र कार्यकर्तामा उत्पन्न निरासालाई उत्साहमा बदल्ने काम गरौँ । प्रदेश सरकार र स्थानीय सरकारहरु जनताप्रति उत्तरदायी छैनन् । उनीहरुका कामको समीक्षा गर्दै जवाफदेही बनाऔं ।’ नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सुझाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar