३ मंसिर,काठमाडौं – प्रधानमन्त्री ओलीको असहमतीका बीच आज नेकपा सचिवालय बैठक बस्ने भएको छ ।
पुर्वनिर्धारित् समयानुसार पार्टि सचिवालय बैठक डाकिएपनी, प्रधानमन्त्री केपी शर्मा ओलीले भने आनकानी गर्दै सचिवालय बैठककै समयमा मन्त्रीपरिषद बैठक राखेका छन् ।
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई सचिवालय बैठक स्थगन गर्न दवाव दिएपनी प्रचण्डले भने वैठक स्थगन नगर्ने बताएका छन् ।
ओलीको दवावलाई बेवास्ता गर्दै प्रचण्डले सचिवालय बैठक डाकेपछि प्रधानमन्त्री ओलीले पनी सोहि समयमा मन्त्रीपरिषद बैठक राखेको नेकपा श्रोतले जनाएको छ ।
त्यस्तै पार्टि सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको जानकारीअनुसार सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रवक्ता श्रेष्ठले ट्वीटर् मार्फत् सचिवालय बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।
उनले भनेका छन्-‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यकमअनुसार आज १ बजे बालुवाटारमा बस्दैछ ।’
यसअघि गत शुक्रबार बसेको सचिवालय बैठकले आज ३ बजेको लागि बस्ने गरी टुङ्ग्याएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar