१ मंसिर सुर्खेत – प्रहरीले जुवा खेलिरहेको अवस्थामा वडाध्यक्ष सहित १५ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौर बाट खटिएको प्रहरी टोलीले आज सोमवार जुवा खेलिरहेको अवस्थामा सुर्खेत पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत बिसी सहित १५ जनालाई पक्राउ गरेको हो ।
उनिहरुको साथवाट प्रहरीले नगद रु.तीन लाखभन्दा बढी नगद समेत बरामद गरेको छ । जुवा खेलिरहेको सूचना पाएपछि गत शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो ।
त्यस्तै पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका–७ का चक्र बहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।