२८ कार्तिक,बैतडी – गएराती तिहारका यात्रु सवार बस बैतडीमा दुर्घटना हुंदा ९ जनाको मृत्यु भएको छ ।
बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ खोड्पेमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ३० भन्दा धेरै घाईते समेत भएका छन् । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । मृतकहरुको सनाखत हुन बाँकी छ ।
मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् ।
दुर्घटनामा परी घाइते भएकामध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ ।
अन्य घाईतेको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।
मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालि सकिएको छ भने एकजनाको बससँगै अड्किएकाले दिउँसो मात्रै निकालिने प्रहरीले बताएको छ ।
प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो ।
तिहार मनाउन गन्तव्य हिडेका यात्रु बोकेको बस भिरबाट खसेकाले ठूलो क्षति भएको हो ।
दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
बस बैतडीको दोगडाकेदार-७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ ।
बसका साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar