२३ कार्तिक,काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै पार्टी वरिष्ठ नेता माधव कुमार नेपालसंग सहयोग मागेका छन् ।
आज (आईतवार) प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वप्रधानमन्त्री तथा पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल लगायत पुर्व एमालेका ४ जना नेताहरुलाई बोलाएर पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुगेको दावी गर्दै, आफूलाई सहयोग गर्न पार्टी वरिष्ठ नेता माधव कुमार नेपालको सहयोग मागेका हुन् ।
पार्टी अहिलेसम्मकै दयनीय अवस्थामा पुग्यो, यस्तो अवस्थामा केही न केही गर्नुपर्र्यो भन्दै ओलीले माधव नेपालसंग अनुनय विनय गर्दै सहयोग मागेको बैठकमा सहभागी एक नेताले बताए । ‘प्रधानमन्त्रीले पार्टी अन्यन्तै दयनीय अवस्थामा पुगेको बताउनु भयो । यसअघि विवाद मिलाउन कार्यदल गठन गर्नु भन्दा अघिकै अवस्थामा पुगेको छ । यस्तो हो भने किन बसिरहने त ? तपाईँको सहयोग चाहियो भनेर माधव कमरेडलाई भन्नुभयो’, बैठकमा सहभागी ती नेताले भने ।
उता बरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीकै कारण पार्टी यो अवस्थामा पुगेको भन्दै सच्चिन आग्रह गरेका छन् । नेता नेपालले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री लचक बन्दै अहिले भइरहेका गुटगत भेला रोकिनुपर्नेमा जोड दिए ।
तर प्रधानमन्त्री ओलीले भने गुटगत रुपमा हुँदै आएका मदन भण्डारी फाउन्डेशन र जबजका कार्यक्रम कुुनै पनि हालतमा नरोक्ने अडान लिए ।
हिजो (शनिवार) पार्टिका कार्यकारी अधयक्ष प्रचण्डसहित सचिवालयका ५ नेताले बैठक बोलाउन माग गर्दै पत्र बुझाएको भोलिपल्ट आज प्रधानमन्त्री ओलीले बालुवाटारमा छलफल गर्न भन्दै पुर्व एमालेका माधव नेपाल ईतरका ४ जना नेताहरुलाई बोलाएका हुन् ।
उक्त छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतको समेत सहभागीता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar