कोरोना महामारीमा भारतको साथ : दुतावासद्धारा स्वास्थ्य सामाग्री सहयोग
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २३, आईतबार (४ साल अघि)
११८१ पाठक संख्या
२३ कार्तिक,काठमाडौं – कोरोना महामारी बिरुद्धको लडाँईमा भारत सरकारले नेपालको लागी २८ भेन्टिलेर सहितको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
आज (आईतवार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २८ भेन्टिलेटर सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एक अर्काको आवश्यता रहेको समेत बताए । त्यस्तै उनले भारत सरकार र भारतीय जनताले नेपाललाई गर्ने सहयोग सकारात्मक सहकार्यको भावना भएको समेत बताए ।
कोभिड संक्रणको सुर भएदेखि नै दुबै देशले एक अर्कोलाई सहयोग गर्दै आएको र भोलीका दिनमा पनि सहयोग जारी रहने राजदुत ब्वात्राको भनाई छ ।
उता स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनी आफु अफ्ठ्यारोमा भएपनि भारत सरकारले विगत देखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।
मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने समेत बताएका छन् । त्यस्तै ढकालले नेपालमा संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उनले बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने उनले बताए ।
यसअघी पनी भारत सरकारले विभिन्न समयमा नेपाललाई आर्थिक तथा अन्य सहयोग गर्दै आएको छ ।