एजेन्सी – रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई उनकी प्रेमिकाले राष्ट्रपतिको पद छोड्न अपिल गरेकी छिन् ।
केहि दिन अघी मात्र एक अन्र्तराष्ट्रिय संचारमाध्यममा सन् २०३६ सम्म सत्तामा राष्ट्रपति भ्लादिमिर पुटिनले आसिन रहिरहने खबर प्रकाशित भएको थियो । यद्यपि, अब अर्को अन्र्तराष्ट्रिय संचारमाध्यमको रिपोर्टमा भने पुटिन अर्को वर्ष जनवरीमा पद छोड्ने योजना बनाइरहेको खबर प्काशित् भएको छ ।
मिडिया रिपोर्ट अनुसार भ्लादिमिर पुटिन ६८ लाई उनको परिवारद्वारा स्वास्थ्य सम्बन्धि चिन्ताबीच अवकाश लिन आग्रह गरिरहेका छन् । पुटिनकी ३७ वर्षीया प्रेमिका अलिना कबाइवा र उनका दुई छोरीले उनलाई पद छोड्न भनिरहेका छन् । न्यूयोर्क पोस्टको एक रिपोर्टमा मस्कोका राजनीतिक जानकारी वलेसी सोलोवीलाई उद्धृत गर्दै भनिएको छ ।
सोलोवीले भने, ‘एक परिवार छ, त्यसको उनीमाथि निकै ठूलो प्रभाव छ । उनी जनवरीमा आफ्नो पदबाट राजिनामा दिने योजना सार्वजनिक गर्न सक्छन् । ’ राजनीतिक जानकारले दाबी गरे अनुसार पुटिन पार्किन्सन्सद्वारा ग्रसित छन् । हालैका तस्बिरमा उनको यो रोगको लक्षण देखिएको छ ।
द यूएस सनको एक रिपोर्टमा भनिएको छ, ‘पुटिनको हालैको फुटेजको अध्ययन गर्ने विशेषज्ञले उनको खुट्टा लगातार हल्लिरहेको थियो र कुर्सीको आर्मरेस्टलाई दबाउँदै उनी पीडामा देखिए । सम्भवतः औषधी भएको कप समात्दा उनका औंला काँपिरहेका थिए । ’
सोलोवीका अनुसार पुटिनले चाँडै नै एक नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्नेछन् जसलाई न्यूयोर्क पोस्टका अनुसार उनको अन्तिम उत्तराधिकारी बन्नका लागि तयार गरिनेछ । यद्यपि, राष्ट्रपतिका कर्मचारीले पुटिनले पद छोड्न लागेको योजनालाई अफवाहको संज्ञा दिँदै गलत बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar