२१ कार्तिक,काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको छ ।
धुम्बराही बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका छन् ।
उता अर्का अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने उक्त बैठकमा उपस्थित भएका छैनन् । पार्टीभित्र उत्पन्न संकट समाधानका लागि अध्यक्ष प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका बसझिएको छ । पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निर्क्योल हुने सचिवालयका एक सदस्यले बताएका छन् ।
बिहीबार अध्यक्ष केपी शर्माओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए ।
साथै उनले बैठकका निर्णय समेत नमान्ने संकेत गरेका थिए । त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।
त्यस्तै शुक्रबार अध्यक्ष प्रचण्डसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङ खुमलटार पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar