२१ कार्तिक,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।
पार्टीभित्र अर्का अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्धका विषयमा छलफल गर्न उनले बैठक बोलाएका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जनाएका छन् ।
बैठक बोलाउने विषयमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेपनि सहमति नभएको बताइएको छ । दिउँसो बोलाइएको सचिवालय बैठकमा ओलीको उपस्थिति नरहने बताइएको छ ।
ओलीले आफ्नो सहमति बेगर बोलाइएको कुनैपनि बैठकले गरेको निर्णयहरू नमान्ने बताउँदै आएका छन् ।
सत्ता सञ्चालन र पार्टी सञ्चालनमा नेकपा भित्र दुई अध्यक्षसँगै शिर्ष नेताहरुको अन्तरसंघर्ष चुँलिदो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको लाइन अनुसार सरकार नचलाएको आरोप प्रचण्ड, माधब नेपाल पक्षको छ ।
केपी ओली पक्षले भने प्रचण्डले पार्टी सञ्चालनका कामहरु नगरी सरकारलाई नै असफल बनाउने सड्यन्त्र गरेको आरोप छ ।
नेकपामा दुई अध्यक्षसहित शिर्षस्थ नेताहरुविचको अन्तरसंघर्षले पार्टी विभाजनमा मुखमा पुगेको छ । दोस्रो तहका नेताहरुले पार्टी विभाजन रोक्न प्रयास गरेपनि शक्ति संघर्षको रडाँको थामिएको छैन । अझ बल्झिँदो छ ।
आज बोलाइएको अनौपचारिक सचिबालय बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गर्ने र सचिबालयका सदस्यहरुको मनोभावना बुझ्ने पार्टी स्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar