२१ कार्तिक,काठमाडौं – चर्चित् हाँस्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।
गत कार्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै होम आइसोलेशनमा बसेका हाँस्य कलाकार गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमित हाँस्य कलाकार गजुरेलको अवस्था गम्भीर भएपछि गत बुधवार अस्पताल भर्ना गरिएको थियो ।
यद्धपी उनलाई थप उपचारको आवश्यक परेपछि उनलाई हिजो बिहीबार आईसीयूमा सारिएको हो ।
सशस्त्र प्रहरी अस्पतालमा कलाकार गजुरेलसहित १८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
हाँस्य कलाकार गजुरलेलाई गत कार्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar