मेयर शाक्यले भने : ‘निःशुल्क खाना खुवाउने अभियान रोक्दिनं’
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १९, बुधबार (४ साल अघि)
१०७८ पाठक संख्या
१९ कार्तिक, काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक नरोक्ने बताएका छन् ।
महानगरले नगर प्रहरी पठाएर अभियान रोक्न भनेपछि मेयर शाक्यको चर्को आलोचना भएपछि आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले खाना खुवाउजे अभियान बलपूर्वक नरोक्ने र व्यवस्थापनका लागि सहयोग गर्ने बताएका हुन् ।
उनले भने, ‘काम गर्न सक्नेहरुले काम गरुन्, कोही खाना खानै नपाएर भोको बस्नु नपरोस् अभियान्ताहरुसँग सहकार्य गर्न समेत महानगर तयार छ ।’ उनले भने ।
मेयर शाक्यले महानगर पालिकाले पार्टी प्यालेस भाडामा लिएर अभियान्ताहरुलाई दिनसक्ने समेत बताए । त्यसका लागि आजै अभियान्ताहरुसँग छलफल गर्न चाहेको समेत मेयर शाक्यले बताएका थिए ।