१९ कार्तिक, काठमाडौं – अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा टेक्सासमा पनी भारी मतका साथ डोनाल्ड ट्रम्प विजयी भएका छन् ।
हिजो भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा, हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले टेक्सासमा पनी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि महत्वपूर्ण जित हासिल गरेका हुन् ।
राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै ट्रम्पले अहिलेसम्म २१२ इलेक्टोरल कलेज भोट पाएका छन् । यो राज्यमा उनले ३८ इलेक्टोरल भोट पाएका हुन् ।
टेक्सासमा ९३ प्रतिशत मत गणना सकिँदा ट्रम्पले ५२ दशमलव २ प्रतिशत भोट पाएका हुन् । बाइडनले भने ४६ दशमलव ३ प्रतिशत मत ल्याएका थिए । अहिलेसम्मको मतगणनाको नतिजामा अझै बाइडन ट्रम्पभन्दा अगाडि छन् ।
अहिलेसम्म बाइडनले २२३ इलेक्टोरल भोट पाएका छन् । अझै जर्जिया, पेन्सिल्भानिया, मिशिगन, विस्कोन्सिनलगायत निर्णायक राज्यको नतिजा आउन बाँकी छ । यद्यपि नतिजा आउन बाँकी अधिकांश निर्णायक राज्यको प्रारम्भिक नतिजामा ट्रम्प बाइडनभन्दा अगाडि रहेको न्यूयोर्क टाईम्समा समाचार प्रकाशित् छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar