शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (४ साल अघि)
८३३ पाठक संख्या
१८ कार्तिक,काठमाडौं – उच्च अदालत, पाटनले, पप गायक समिर घिसिङ (भिटेन) लाई पक्राउ नगर्न आदेश दिएको छ ।
गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको नदेखिएको अदालतले भनेको हो । मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको अदालतका उप–रजिस्टार शम्भु रेग्मीले जानकारी दिए ।
भिटेनले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।